प्रशिक्षणका लागि भेला भए खेलाडी, कोही होटलमा कोही घरमा « Khabarhub

प्रशिक्षणका लागि भेला भए खेलाडी, कोही होटलमा कोही घरमा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगतको घरेलु मैदानको अभ्यासमा बोलाइएका खेलाडी काठमाडौंमा आइपुगेका छन् ।

डिफेन्डर रञ्जित धिमाल बाहेक ३३ जना खेलाडी काठमाडौंमा उपस्थित भइसकेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।

`रञ्जित पारिवारिक कारणले काठमाडौं आउन केही समस्य लाग्छ। तर, अरु सबै खेलाडी काठमाडौंमा छन्,´ व्यवस्थापक उपाध्यायले भने,`सबै खेलाडीलाई जो जहाँ छन् त्यहीँ सुरक्षित रहन भनिएको छ।´

काठमाडौंमा रहेका ३३ जनामध्ये १० जना खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित विगनेस होटलमा क्वारेन्टाइनका रुपमा राखेको छ।

उक्त होटलमा टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ समेत छन्। बाँकी खेलाडीहरुमध्ये विभागिय टोली आर्मीका ६ जना क्लबम‌ बसिरहेका छन् ।

खेलाडीको कोरोना भाइरस परिक्षण शनिबार गर्ने भनिएको थियो । तर, धेरै खेलाडीहरु राजधानी बाहिरबाट भएकाले कोरोना यात्राबाट आएको केही दिनपछि कोरोना परिक्षण गर्न मेडेकल टिमले सुझाएपछि खेलाडी कोरोना परिक्षणमा केही दिन लाग्ने भएको छ। उपाध्यायका अनुसार अब ढिलोमा २३ गते खेलाडीको कोरोना परिक्षण भइसक्नेछ।

भदौ १ गतेदेखि नेपालले अभ्यास सुरु गर्दैछ। फिफा विश्वकप छनोटको अभ्यास फागुनमा पनि सुरु गरेको थियो तर, कोरोना भाइरसको जोखिम बढेपछि अभ्यास स्थगित गरिएको थियो।

छनोटको समुह बि मा रहेको नेपालले ५ खेल खेलिसकेको छ। जसमा नेपालले ३ अंक जोडेको छ। अब नेपालले केही तलमाथि नभए अक्टोबर ८ मा दशरथ रंगशालामा चाइनिज ताइपेईसँग खेल्नेछ । त्यसपछि अस्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमै खेल्नेछ।

होटलमा बसिरहेका खेलाडी

देवेन्द्र तामाङ, विशाल राई, रविशंकर पासवान, छिरिङ गुरुङ, मिक्चेन तामाङ, दिलेन तोप्तान, पुजन उपरकोटी, विमल राना, दिप कार्की र दर्शन गुरुङ।

आर्मी क्लबमा बसिरहेका खेलाडी

नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की, विकास खवास र भरत खवास।

आफ्नै घरको क्वारेन्टाइनमा बसेका खेलाडी

किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ , सरोज दाहाल, अनन्त तामाङ, अजित भण्डारी, तेज तामाङ, विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट र आशिष लामा ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १ : २९ बजे

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको