क्षमताभन्दा बढी लोड बोक्ने ट्रक प्रहरी नियन्त्रणमा « Khabarhub

क्षमताभन्दा बढी लोड बोक्ने ट्रक प्रहरी नियन्त्रणमा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले क्षमता भन्दा बढी भार बोकेका दर्जन बढी ट्रकहरु नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १७ टन भार क्षमता भएका ट्रकले २६ टन भार बोकेर आएकोले नियन्त्रणमा लिएको जनाएको छ ।

यातायात व्यवस्था विभागको भारबहन ऐन अनुसार क्षमता भन्दा बढी भार लिएर हिँडेमा जरिवाना गरी बढी भएको भार मिलान गरेपछि मात्रै अघि बढ्न दिइने उल्लेख छ ।

ट्राफिकले नियन्त्रणमा लिएका ट्रकहरुलाई यातायात व्यवस्था कार्यालय, हेटौंडाले जरिवाना गर्न लागिएको नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले बताएका छन् ।

पूर्वी नेपालको बिराटनगरबाट सिमेन्टको क्लिङ्कर लिएर आएको सो ट्रक प्रदेश १ र प्रदेश २ का दर्जनौ प्रहरी चेक प्वाइन्ट भएरै आएको हो ।

तर दर्जनौ प्रहरी चेक प्वाइन्टले केही नगरी करिब ३ सय किलोमिटर पार गर्नुमा पोष्टमा रहेका प्रहरीको कार्यमाथि नै प्रश्न चिन्ह उठेको देखिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ३ : १३ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको