२६ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग सुचारु « Khabarhub

२६ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग सुचारु


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा – अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ ।

२६ दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले जानकारी दिए ।

क्षतिग्रस्त सडक खुलाउन सडक विभागले खासै तदारुकता नदेखाएपछि मितेरी पुलदेखि भोटेकोशी गाउँपालिका बुलकोटेसम्म व्यावसायीको पहलमा सडक मर्मत गरिएको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

खासाबाट सामान राखेका २०० मालवाहक कन्टेनर चार सातादेखि तातोपानी भन्सार यार्डमा थन्किएको थियो । त्यस्तै राजधानी छुटेका मालवाहक कन्टेनर एक सातादेखि जम्बुमा अलपत्र परेको अध्यक्ष सापकोटाले बताए ।

दर्जनौं कन्टेनरमा राखिएका स्याउ बाटामै कुहिन थालेको छ भने कपडालगायत सामान समयमै गन्तव्यमा पुर्‍याउन नसकेपछि करोडौंको नोक्सानी व्यहोर्नुपरेको व्यवसायीले गुनासो गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको कोठेदेखि तातोपानीको लिपिङसम्मको ३९ किलोमिटर खण्डको दर्जनौं स्थानमा सडक क्षतविक्षत भएको थियो ।

बाह्रबीसेको खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेको पक्की पुल बगाएपछि खागदलमा डाइभर्सन गरिएको छ भने जम्बु र बुलकोटेमा ह्युमपाइप राखी अस्थायी रुपमा सडक सञ्चालन गरिएको छ ।

मनसुन सक्रिय रहेकाले लगातार पानी पर्नेक्रम नरोकिएको हुँदा कटान भएको सडकमा भोटेकोशी नदीमा पानीको सतह घटेपछि मात्र पक्की रुपमा सडक निर्माण गर्न सकिने महतोले बताए ।

पहिरोले क्षति पुगेको सडकमाथिबाट दैनिकजसो लेदो माटो खस्ने क्रम नरोकिएको हुँदा पहिरो पन्छाई यातायात चलाउन २४ सै घण्टा स्काभेटर तयारी हालतमा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : २७ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ