२६ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग सुचारु « Khabarhub

२६ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग सुचारु


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा – अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ ।

२६ दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले जानकारी दिए ।

क्षतिग्रस्त सडक खुलाउन सडक विभागले खासै तदारुकता नदेखाएपछि मितेरी पुलदेखि भोटेकोशी गाउँपालिका बुलकोटेसम्म व्यावसायीको पहलमा सडक मर्मत गरिएको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

खासाबाट सामान राखेका २०० मालवाहक कन्टेनर चार सातादेखि तातोपानी भन्सार यार्डमा थन्किएको थियो । त्यस्तै राजधानी छुटेका मालवाहक कन्टेनर एक सातादेखि जम्बुमा अलपत्र परेको अध्यक्ष सापकोटाले बताए ।

दर्जनौं कन्टेनरमा राखिएका स्याउ बाटामै कुहिन थालेको छ भने कपडालगायत सामान समयमै गन्तव्यमा पुर्‍याउन नसकेपछि करोडौंको नोक्सानी व्यहोर्नुपरेको व्यवसायीले गुनासो गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको कोठेदेखि तातोपानीको लिपिङसम्मको ३९ किलोमिटर खण्डको दर्जनौं स्थानमा सडक क्षतविक्षत भएको थियो ।

बाह्रबीसेको खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेको पक्की पुल बगाएपछि खागदलमा डाइभर्सन गरिएको छ भने जम्बु र बुलकोटेमा ह्युमपाइप राखी अस्थायी रुपमा सडक सञ्चालन गरिएको छ ।

मनसुन सक्रिय रहेकाले लगातार पानी पर्नेक्रम नरोकिएको हुँदा कटान भएको सडकमा भोटेकोशी नदीमा पानीको सतह घटेपछि मात्र पक्की रुपमा सडक निर्माण गर्न सकिने महतोले बताए ।

पहिरोले क्षति पुगेको सडकमाथिबाट दैनिकजसो लेदो माटो खस्ने क्रम नरोकिएको हुँदा पहिरो पन्छाई यातायात चलाउन २४ सै घण्टा स्काभेटर तयारी हालतमा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : २७ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी