बाग्लुङमा पहिरोले १३ परिवार विस्थापित « Khabarhub

बाग्लुङमा पहिरोले १३ परिवार विस्थापित


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका नरेन्द्र कुँवरका घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लका घरमा आंशिक क्षति भएको छ ।

पहिराले खारा बजारका अन्य सात घर पनि कारण उच्च जोखिममा छन् । वर्षा हुनासाथ आउन सक्ने पहिराको जोखिमले स्थानीयवासी त्रासमा छन् ।

जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने र पुरिने जोखिममा भएपछि नौ घरपरिवार विस्थापित भएको निसीखोला गाउँपालिका–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।

‘प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ’, वडाध्यक्ष मल्लले भने, ‘जोखिमपछि पूर्ववत् सजगता अपनाउनुपर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिकस्थलमा बस्न भनेका छौं ।’

निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिराले पनि स्थानीयवासी आजित छन् । यता ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् ।

शनिबार बिहान खसेको पहिराले स्थानीयवासी काली विक, पोप्ची विक, बाँबरी विक र रोशन विकका घर जोखिममा परेका हुन् । अहिले विस्थापित परिवार छिमेकीका सहयोगमा आश्रयमा लिएर बसेका छन् ।

अलि ठूलो वर्षा हुनसाथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताए । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ –ढोरपाटन खण्ड अवरुद्ध भएको छ ।

‘अहिले गाउँगाउँ, टोलटोल र घरघरमा सडक पु¥याउनका लागि खनिएको मोटरबाटो पहिरोको मुख्य कारण बनेको छ”, उनले भने‌, ‘अब यसलाई व्यवस्थित नगर्ने हो भने ठूलो जनधनको क्षति हुने देखिएको छ ।’

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : ३२ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा