बालबालिका र वृद्धवृद्धा घर बाहिर ननिस्कनू : स्वास्थ्य मन्त्रालय « Khabarhub

बालबालिका र वृद्धवृद्धा घर बाहिर ननिस्कनू : स्वास्थ्य मन्त्रालय


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका र वृद्धवद्धाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण फैलिँदै गएका काठमाडौं लगायतका ठूला शहर र घना बस्तिहरुमा बालबालिका र वृद्धवृद्धाहरु बाहिर निस्कन नहुने बताएका हुन् ।

‘६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिका काठमाडौं र काठमाडौं जस्तै घना बस्ति भएका ठाउँहरुमा घरबाट बाहिर ननिस्कनु हुन अनुरोध छ,’डा गौतमले भने, ‘केही दिन यता हाम्रो देशमा कोरोना पोजेटिभ दर बढी भएको छ ।’

डा गौतमले कोरोना निको हुनेको संख्या पनि बढ्दै गएको बताए । तर कोरोना संक्रमण हुन नदिन सचेत हुनुपर्ने डा गौतमले बताए ।

उनले नेपालमा कोरोना संक्रमण देखिएका मध्ये ८० प्रतिशतमा कुनै स्वास्थ्य समस्या नभइ निको भएको पनि बताए । उनले स्वास्थ्य समस्या नभएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बसेर पनि निको हुने बताए ।

उनले कोरोना संक्रमितलाई भेदभाव नगर्न पनि आग्रह गरे । डा गौतमले कोरोना संक्रमणबाट बच्ने नागरिक आफैको जिम्मेवारी भएको पनि बताए । उनले नाक मुख छोपिने गरी मास्क प्रयोग गर्न पनि आग्रह गरेका छन् । घर र कार्यालय भित्र प्रवेश गर्दा वा कुनै सामाग्री छोएपछि साबुनपानीले हात धुनुपर्ने  उनले बताए ।

उनले घर, कार्यालय, सार्वजनिक स्थलमा चिनेका तथा नचिनेका सबै व्यक्तिसँग २ मिटरको दूरी कायम गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ०९ बजे

पोखराको केदारेश्वर मन्दिरमा साउने सोमबारको रौनक (तस्बिरहरू)

पोखरा– साउनको दोस्रो सोमबार आज पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको

‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ ले

मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छ : प्रदेश प्रमुख कर्ण

जनकपुरधाम– मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी

मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन

काँकडभिट्टा-लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको