कोरोना संक्रमित बढेपछि राजविराजको हटिया सिल | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि राजविराजको हटिया सिल


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आजदेखि अनिश्चित तकालका लागि सिल गरिएको छ ।

सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णुु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले हटिया सिल गरिएको उनले बताए ।

शनिबार सार्वजनिक भएको पीसीआर रिपोर्टअनुसार राजविराज–७ मा दुई र हालसम्म छ जनालाई कोरोना सङ्क्रमण देखिएपछि हटिया बन्द गरिएको स्थानीयवासीले बताएका छन् ।

सोमबार हुने रक्षाबन्धनका लागि भीडभाड हुन नदिन हटिया प्रवेश गरिने नौ मुख्य प्रवेशद्वारमा प्रवेश निषेधको ब्यानर झुण्ड्याएर हटियालाई निषेधित क्षेत्र घोषणा समेत गरेका छन् ।

राजविराजमा कोरानाका कारण साउन १ गते एकजना व्यापारीको मृत्यु भएर उनको परिवारका सदस्य हुँदै समुदायमै सङ्क्रमण फैलिएपछि नगरपालिकाले लकडाउन तथा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेका छन् ।

शनिबारको रिपोर्टअनुसार वडा नं ७ का ५५ र ४० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । यसबाहेक नगर क्षेत्रमा मात्रै शनिबार १८ जना सङ्क्रमित थपिएका छन् ।

स्थानीय युवाले त्रासको वातावरण अरू मानिसमा नहोस् भन्दै हटिया सिल गरी बन्द गराउनु परेको जनाएका छन् ।

ग्रिन नेपालका संयोजक खेलानन्द दासले राजविराज नगर क्षेत्रमा कोरोना सङ्क्रमणको त्रास नरोकिएसम्म हटिया सञ्चालन गर्न नदिने जानकारी दिए । राजविराज नगरपालिकाले ७ गतेदेखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन र स्थानीय प्रशासनले पनि साउन ८ गतेदेखि राजविराजमा निषेधित क्षेत्र घोषणा गरेका छन् भने वडा नं ६ सिरहारोडमा अनिश्चितकालीन निषेधाज्ञासमेत आदेश जारी गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ३७ बजे

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

नून भुटुन साट्न चतरा, अक्करको जीवन खतरा !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …