चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु, पाँच जना घाइते « Khabarhub

चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु, पाँच जना घाइते


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा भट्टराईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले गम्भीर भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ताप्लेजुङकै सिरिजंघा गाउँपालिकामा मंगलबारै चट्याङ लागेर पाँचजना घाइते भएका छन्।

सिरिजंघा ४ तेल्लोकमा दुईजना र वडा नम्बर ५ पेदाङमा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तेल्लोकका ३५ वर्षीय कुमार थेबे, १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी पत्नी ४९ वर्षीया नरमाया मावो र ६ वर्षीय छोरा अतिप मावो चट्याङ लागेर घाइते भएका हुन्।

घाइते सबैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ५८ बजे

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी

कांग्रेसका प्रतिनिधिलाई जेन-जीले भने : पार्टीसँगै राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको खाँचो छ

काठमाडौं- नेपाली कांग्रेसनिकट जेन-जीहरूले पार्टीको नेतृत्वमा राष्ट्रिय राजनीतिमा आमूल परिवर्तन

ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो

एजेन्सी– जर्मनीका शीर्ष कूटनीतिज्ञले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई