आजको मौसम : पाँच वटा प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : पाँच वटा प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश र प्रदेश ५ मा हल्कादेखि मध्यमखालको पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी प्रदेशका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित सामान्य पानी परिरहेको छ ।

आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेशदेखि पश्चिमतिरका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

आज राति पनि देशभरको मौसम सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा आजराति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तीन दिनको मौसमको पूर्वानुमान

भाद्र १७ गते (वुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थौरै स्थानहरुमा र बागमती प्रदेश केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १८ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १९ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : ०० बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका