विभिन्न मुद्दाका फरार २८ प्रतिवादी पक्राउ « Khabarhub

विभिन्न मुद्दाका फरार २८ प्रतिवादी पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – प्रहरीले कास्कीमा एकैदिन विभिन्न मुद्दामा फरार रहेका २८ प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी जीवन श्रेष्ठका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना तोकी फरार २८ जनालाई मंगलबार पक्राउ गरिएको हो ।

उनका अनुसार, पक्राउ पर्नेमा स्याङ्जा कोल्मा स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–२७ बस्ने २९ वर्षीय अनिल थापा मगर पक्राउ परेका छन् ।

यस्तै कास्की पोखरा महानगरपालिका–१० बस्ने बैकिङ् कसुर मुद्दाका ५३ वर्षीय धिरज गुरुङ र सार्वजनिक मुद्दामा २५० देखि ५ हजारसम्म जरिवाना तोकी हालसम्म फरार रहेका अन्य २६ जना पक्राउ परेका छन् ।

एसपी श्रेष्ठका अनुसार, पक्राउ परेका २८ जनालाई नै जिल्ला अदालत कास्की पठाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : ५२ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल