त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित २ जनाको मृत्यु « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित २ जनाको मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कोरोना संक्रमति दुई जनाको मृत्यु भएको छ ।

अस्पतालका डाक्टर सविन थपलियाका अनुसार काठमाडौंका काठमाडौंका ७५ वर्षका पुरुष र तनहुँकी २० वर्षकी महिलाको मृत्यु भएको हो ।

डा थपलियाका अनुसार काठमाडौंका पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो । ती पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । ती पुरुषलाई भदौ १५ गते अस्पतालको कोभिड आइसोलेसनमा भर्ना गरिएको थियो ।

मृतक तनहुँकी महिलामा बाथ रोग र मिर्गौला सम्बन्धी रोग रहेको थियो । उनलाई भदौ १६ गते कोरोना पुष्टि भएपछि कोभिड वार्डमा राखेर डाइलाइसिस गरिएको थियो । उनको मंगलबार अपरानह्न साढे ४ बजे मृत्यु भएको हो ।

डा थपलियाका अनुसार त्रिवि शिक्षण अस्पतालमा हाल ७३ जना संक्रमित उपचारत छन् । जसमा ६८ जना आइसोलेसन र ५ जना आइसीयुमा छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ३ : २३ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय