नेपालमा पछिल्लो २४ घण्टामा थपिए १,१२० कोरोना संक्रमित « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १,१२० कोरोना संक्रमित


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ थियो ।

पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९०  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ थियो ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएको छ । जसमा ६ जना महिला र ६ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै मृत्यु हुने पुरुषहरुमा बाराको ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । यो संख्या कुल संक्रमितको ०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : २९ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२