तापसीपछि रियाको समर्थनमा उत्रिइन् विद्या बालन « Khabarhub

तापसीपछि रियाको समर्थनमा उत्रिइन् विद्या बालन


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी प्रेमिका रियालाई सामाजिक सञ्जालमा दोषी देखाउँदै गाली आउने क्रम बढिरहेको छ ।

सुशान्तका बुबा केके सिंहले रियामाथि आरोप लगाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई तारो बनाइरहेका छन् । भारतीय मिडियाहरुले पनि रियाका बारेमा कैयन् समाचार प्रकाशन गरेका छन् ।

यसैबीच बलिउड कलाकार विद्या बालन रिया चक्रवर्तीको पक्षमा उभिएकी छिन् । उनले रियामाथि ‘घटिया कुरा’ भएको र यसले मन दुख्ने बताएकी छिन् ।

राजपूतलाई आत्महत्या गर्न उक्साएको र उनको पैसा खर्च गरेको भन्दै सीबीआईले रियामाथि सोधपुछ गरिरहेको छ ।

सामाजिक सञ्जालमा रियालाई अपराधीझैं व्यवहार गरेको प्रश्न उठ्ने गरेको छ ।

‘यो निकै दुर्भाग्य हो कि, हाम्रा प्यारा सितारा सुशान्त सिंह राजपूतको असमय मृत्यु मिडिया सर्कस बनेको छ,’ विद्याले ट्वीट गरेर भनेकी छिन्, ‘महिला हुनुको नाता, रियाको विरुद्धमा भएका घटिया कुराले मलाई चोट पुगेको छ, आऊनुस्, एक नागरिकको संवैधानिक अधिकारका लागि केही सम्मान देखाएर कानूनलाई आफ्नो काम गर्न दिऊँ ।’

विद्या बालनको यो ट्वीटपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले लगातार उनलाई ट्रोल बनाउन थालेका छन् । उनलाई बहिष्कार गर्ने पनि फ्यानले बताएका छन् ।

यसअघि अर्की कलाकार तापसी पन्नुले पनि यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेकी थिइन् । उनले ट्वीटमार्फत रिया चक्रवर्तीको समर्थन गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘व्यक्तिगत हिसाबमा म न सुशान्तलाई चिन्छु, न रियालाई नै, तर यति मैले जानेकी छु कि, न्यायपालिकाभन्दा पहिले कसैलाई दोषी साबित गर्नु गलत हो, कानूनमा विश्वास गर्नुस् ।’

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ३४ बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो