काठमाडौं- नेपालमा बुधबारसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो निको हुनेको हालसम्मकै सर्वाधिक संख्या हो ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २३ हजार २९० पुगेको मन्त्रालयले जनाएको हो ।
कुल संक्रमित मध्ये ५६ प्रतिशत संक्रमित कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कुन प्रदेशमा कतिले जिते कोरोना ?
प्रदेश १ मा ११८७ जना
प्रदेश २ मा ६०३४ जना
वाग्मती प्रदेश १५६९ जना
गण्डकी प्रदेशमा १७०९ जना
प्रदेश ५ मा ५०६६ जना
कर्णाली प्रदेशमा २१३७ जना
सुदूरपश्चिम प्रदेशमा ४९८८ जना
प्रतिक्रिया