काश्‍मीरमा पाकिस्तानको झण्डा निकाल्‍ने पत्रकारलाई यातना « Khabarhub

काश्‍मीरमा पाकिस्तानको झण्डा निकाल्‍ने पत्रकारलाई यातना


१७ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी खुफिया एजेन्सी र सुरक्षा बलले एक पत्रकारलाई चरम यातना दिएका छन् ।

पाकिस्तान प्रशासित काश्‍मीरको ददयालको सार्वजनिक स्थलमा रहेको पाकिस्तानी झण्डा हटाउने प्रयास गरेपछि सुरक्षा बलले उनलाई नियन्त्रणमा लिएको थियो ।

सुरक्षा अधिकारीहरूले उनलाई लछारपछार गरेको घटना सामाजिक सञ्‍जालमा भाइरल भएको थियो ।

उक्त भिडियोमा अधिकारकर्मीसमेत रहेका पत्रकार तनवीर अहमदले आफूले उक्त क्षेत्रबाट पाकिस्तानी झण्डा हटाउन खोजेपछि नियन्त्रणमा लिएको दाबी गरेका छन् । आफूलाई पाकिस्तानी खुफिया एजेन्सीले नियन्त्रणमा लिएर लछारपछार गरेको दाबी गरेका छन् ।

काश्‍मीरमा पाकिस्तानी ज्यादती भएको भन्दै तनबीर केही सातादेखि काश्‍मीरमा भोक हड्‌तालमा बसेका थिए । काश्‍मीरमा मानवअधिकारको उल्लंघन र जनतामाथि सुरक्षा दुर्व्यवहार रोक्‍न माग गर्दै उनी अनसनमा बेका थिए ।

उनले प्रशासनाई काश्‍मीरबाट पाकिस्तानी झण्डा हटाउनसमेत माग गरेका थिए । स्थानीय प्रशासनले त्यसो नगरेपछि उनी आफैंले झण्डा हटाउन खोजेका थिए ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ११ : ४९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं