काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित भदौ २४ सम्म थप ( विस्तृतमा ) « Khabarhub

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित भदौ २४ सम्म थप ( विस्तृतमा )


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनसहित एक साता थपिएको छ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि जारी निषेधाज्ञा केही परिमार्जनसहित भदौ २४ गतेसम्मका लागि थपेका हुन् ।

दुई हप्तादेखिको निषेधाज्ञापछि आममानिसहरूले अवज्ञा गर्ने क्रमसमेत शुरू भएपछि प्रशासनले केही सहज बनाउँदै निषेधाज्ञा थपेको हो ।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन दबाब दिइरहेका बेला केही खुकुलो गरेर फेरि निषेधाज्ञा बढाइएको हो ।

अत्यावश्यक सेवा अन्तर्गतको औषधि पसल तथा विक्री वितरणलाई यथावत रूपमै सञ्चालन गर्न दिइने भएको छ ।

यस्तै अत्यावश्यक खाद्य वस्तु सेवाहरू तरकारी, फलफुल, माछामासु, दुध, दूधजन्य पदार्थ बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि यस्ता पसलहरू बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइएको थियो ।

निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।

हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि निषेधाज्ञा लगाइएको थियो ।

अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ ।

यस्तै विकास निर्माणसँग सम्बन्धित पसल व्यवसाय र ढुवानीका साधन दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न दिइने लगायतका निर्णय भएका छन् । तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।

यस्ता छन् गर्न पाइने र नपाइने कामहरूको सूची

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ५४ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक