कोरोना भाइरसको खोप विकास नभएकाले सावधानी अपनाउनुको विकल्प छैन: स्वास्थ्यमन्त्री | Khabarhub Khabarhub

कोरोना भाइरसको खोप विकास नभएकाले सावधानी अपनाउनुको विकल्प छैन: स्वास्थ्यमन्त्री


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड–१९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै मन्त्री ढकालले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वयात्मक काम गर्नुपर्ने बताएका हुन् ।

उनले जनस्वास्थ्यको मापदण्ड पालनाका गराउन सचेतनाको काम प्रभावकारी बनाउनुपर्ने पनि बताए ।

मन्त्री ढकालले कोभिड–१९ को अहिलेसम्म कुनै खोपको विकास नभइसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएको प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताए ।

उनले कोभिड अवस्था रहेसम्म स्वास्थ्यकर्मीलाई जोखिमभत्ता र बीमाको व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८ हजार ५०० जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने बताए ।

मन्त्री ढकालले आइशोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाएको पनि बताए ।

यस्तै केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भैरहेको बताए ।

मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी दिए ।

भर्चुवल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन मंगोल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवीपुन र बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराजदुलाल सहभागी थिए ।

प्रेदेश १ का सामाजिक विकासमन्त्री कोरोना पोजेटिभ भएर आइसोलेसनमा रहेको र प्रदेश २ का सामाजिक विकासमन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याएकाले भएकोले बुधबारको भर्चुअल बैठकमा सहभागी नभएको जनाइएको छ ।

सामाजिक विकासमन्त्रीहरुले कोभिड–१९ व्यवस्थापनका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : २८ बजे

सुनसरीको देवानगञ्जबाट गाँजा बरामद

सुनसरी – सुनसरीको देवानगञ्जबाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको

कपिलवस्तु र मोरङमा आगलागी

काठमाडौं- कपिलवस्तु र मोरङका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा धनमाल जलेर

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै