‘कोरोनाविरूद्ध खोप प्रयोगमा आएपछि पनि कम्तिमा ६ महिना जनजीवन सामान्य हुन्न’ « Khabarhub

‘कोरोनाविरूद्ध खोप प्रयोगमा आएपछि पनि कम्तिमा ६ महिना जनजीवन सामान्य हुन्न’


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहँदा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।

२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेको तथा ४० भन्दा बढी खोप परीक्षणको विभिन्न चरणमा रहेकाले छिट्टै महामारी नियन्त्रणमा सफलता मिल्ने विश्व स्वास्थ्य संगठनले जनाउँदै आएको छ ।

तर, खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

खोपका विषयमा तथ्यपरक भएर विश्लेषण गर्न जरूरी रहेको उनीहरूको प्रतिबेदनमा औँलाइएको छ । खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने उनीहरूले सुझाएका छन् ।

इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा.फिओना कलीका अनुसार महामारी अन्त्यका लागि खोपसँग ठूलो आश भए पनि खोप विकासका चरणमा विगतमा भएका धेरै असफलताहरु पनि बिर्सन मिल्दैन ।

बेलायत तथा अमेरिकासहितका देशमा यहि वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र जनजीवन सामान्य हुने अपेक्षा गरिरहँदा वैज्ञानिकहरूले निराशाजनक प्रतिबेदन सार्वजनिक गरेका छन् । यद्यपि खोप आएपछि भने विकल्पविहिन अवस्था भने नहुने जनाइएको छ ।

‘खोप विकास भएपछि प्रयोगमा आएको महिना दिन भित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन,’ इम्पेरियल कलेज लण्डनकी केमिकल इन्जिनियरिङ्ग विभाग प्रमुख निलय शाहले भने, ‘खोप लगाउने प्रक्रिया पूरा हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ । त्यसैले आउँदो मार्चमा जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।’

 

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : १४ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको