चिडियाखानाका सुगाले आगन्तुकलाई अपशब्द प्रयोग गरेपछि… « Khabarhub

चिडियाखानाका सुगाले आगन्तुकलाई अपशब्द प्रयोग गरेपछि…


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतको फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कमा राखिएका सुगाले आगन्तुकलाई तथानाम भन्दै गाली गर्न थालेपछि त्यहाँबाट हटाइएको छ ।

पाँच वटा खैरा अफ्रिकन सुगाले अपशब्द प्रयोग गर्दै आगन्तुकलाई गाली गर्न थालेपछि उनीहरूलाई चिडियाखानाबाट हटाइएको बीबीसीले जनाएको छ।

गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगाले आगन्तुकलाई अपशब्दसहित गालिगलौज गर्न थालेपछि अन्यत्रै सारिएको पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्सले बताए ।

केही समय क्वारेन्टिनमा राखेर मुख्य पंक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गाली गर्न थालेका थिए।

ती सुगाले गरेको गालीगलौजको भाषा अरू चराहरूले पनि सिक्न सक्ने तथा वालवालिका पार्कमा पुग्दा नराम्रो कुरा सिक्ने जोखिम बढेकाले उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ।

ती अफ्रिकन सुगाहरूले मानिसलाई प्रतिक्रिया दिन बाध्य पार्ने गरी गाली गर्ने र त्यसबाट मानिसहरू तर्सिए वा हाँसे भने अझ त्यस्तै गर्न उनीहरू उत्साहित हुने गरेको पाइएको निकोल्सले बताए ।

उनीहरूलाई मुख्य पंक्षीशालाबाट सारिएपछि अरू २५० वटा चराले खराब शब्द सिक्ने जोखिम कम भएको ठानिएको उनले बताए ।

लिङ्कनशर वाइल्डलाइफ पार्क विभिन्न प्रतिक्रिया जनाउने चराका कारण बेलाबेलामा चर्चामा आउने गरेको छ ।

गत जनवरीमा यही पार्कको चिको नामक एउटा सुगा सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त सुगाले अमेरिकी गायिका बियोन्सेको ‘इफ आई वेअर अ ब्वाई’ बोलको गीत गाएर चर्चित भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ४५ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा