चिडियाखानाका सुगाले आगन्तुकलाई अपशब्द प्रयोग गरेपछि… « Khabarhub

चिडियाखानाका सुगाले आगन्तुकलाई अपशब्द प्रयोग गरेपछि…


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतको फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कमा राखिएका सुगाले आगन्तुकलाई तथानाम भन्दै गाली गर्न थालेपछि त्यहाँबाट हटाइएको छ ।

पाँच वटा खैरा अफ्रिकन सुगाले अपशब्द प्रयोग गर्दै आगन्तुकलाई गाली गर्न थालेपछि उनीहरूलाई चिडियाखानाबाट हटाइएको बीबीसीले जनाएको छ।

गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगाले आगन्तुकलाई अपशब्दसहित गालिगलौज गर्न थालेपछि अन्यत्रै सारिएको पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्सले बताए ।

केही समय क्वारेन्टिनमा राखेर मुख्य पंक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गाली गर्न थालेका थिए।

ती सुगाले गरेको गालीगलौजको भाषा अरू चराहरूले पनि सिक्न सक्ने तथा वालवालिका पार्कमा पुग्दा नराम्रो कुरा सिक्ने जोखिम बढेकाले उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ।

ती अफ्रिकन सुगाहरूले मानिसलाई प्रतिक्रिया दिन बाध्य पार्ने गरी गाली गर्ने र त्यसबाट मानिसहरू तर्सिए वा हाँसे भने अझ त्यस्तै गर्न उनीहरू उत्साहित हुने गरेको पाइएको निकोल्सले बताए ।

उनीहरूलाई मुख्य पंक्षीशालाबाट सारिएपछि अरू २५० वटा चराले खराब शब्द सिक्ने जोखिम कम भएको ठानिएको उनले बताए ।

लिङ्कनशर वाइल्डलाइफ पार्क विभिन्न प्रतिक्रिया जनाउने चराका कारण बेलाबेलामा चर्चामा आउने गरेको छ ।

गत जनवरीमा यही पार्कको चिको नामक एउटा सुगा सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त सुगाले अमेरिकी गायिका बियोन्सेको ‘इफ आई वेअर अ ब्वाई’ बोलको गीत गाएर चर्चित भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ४५ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको