कोरोना भाइरस : विश्वभर एकै दिन ३ लाख १५ हजार संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर एकै दिन ३ लाख १५ हजार संक्रमित


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन ३ लाख १५ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ । त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ८ हजार ८४३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ४८९ पुगेको छ ।

एकै दिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४७९ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २२५ जनाको मृत्यु भएको छ । ५० लाख ९३ हजार ८६८ जना संक्रमित भएकोमा २५ लाख ५९ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १२ हजार ४७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८९ लाख ५१ हजार ३५ पुगेको छ । त्यसमध्ये ५७ लाख ८८ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९६ हजार ५३७ जनाको मृत्यु भएको छ । १ करोड ७ लाख ५१ हजार ७७२ जना संक्रमित भएकोमा ९० लाख ३१ हजार ८६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५७ हजार ७३३ जनाको मृत्यु भएको छ । ८१ लाख ३९ हजार ८२५ जना संक्रमित भएकोमा ७० लाख ५ हजार ६८० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार १३९ जनाको ज्यान गएको छ भने १४ लाख ९६ हजार ९७७ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९२९ जनाको मृत्यु भएको छ । ३१ हजार ३९४ जना संक्रमित भएकोमा २८ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ५५ बजे

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका