कोरोना भाइरस : विश्वभर एकै दिन ३ लाख १५ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर एकै दिन ३ लाख १५ हजार संक्रमित


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन ३ लाख १५ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ । त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ८ हजार ८४३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ४८९ पुगेको छ ।

एकै दिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४७९ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २२५ जनाको मृत्यु भएको छ । ५० लाख ९३ हजार ८६८ जना संक्रमित भएकोमा २५ लाख ५९ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १२ हजार ४७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८९ लाख ५१ हजार ३५ पुगेको छ । त्यसमध्ये ५७ लाख ८८ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९६ हजार ५३७ जनाको मृत्यु भएको छ । १ करोड ७ लाख ५१ हजार ७७२ जना संक्रमित भएकोमा ९० लाख ३१ हजार ८६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५७ हजार ७३३ जनाको मृत्यु भएको छ । ८१ लाख ३९ हजार ८२५ जना संक्रमित भएकोमा ७० लाख ५ हजार ६८० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार १३९ जनाको ज्यान गएको छ भने १४ लाख ९६ हजार ९७७ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९२९ जनाको मृत्यु भएको छ । ३१ हजार ३९४ जना संक्रमित भएकोमा २८ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ५५ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका