सम्झना हत्या प्रकरण : बलात्कारपछि त्रिशूलले रोपेर हत्या « Khabarhub

सम्झना हत्या प्रकरण : बलात्कारपछि त्रिशूलले रोपेर हत्या


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ वर्षीया सम्झना विकको बलात्कार पछि हत्या भयो ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सम्झनाको पहिले बलात्कार र त्यपछि मन्दिर भित्र रहेको त्रिशूलले रोपेर हत्या गरेको निष्कर्ष निकालेको छ ।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय १८ वर्षीय किशोर राजेन्द्र बोहोराको बयान र अन्य प्रमाणका आधारमा सम्झनाको बलात्कार पछि त्रिशूलले रोपेर विभत्स हत्या भएको निष्कर्ष निकालेको हो ।

अहिले राजेन्द्रमाथि जबरजस्ती करणी र ज्यान मुद्दा दर्ता भइसकेको छ । घटना लगत्तै अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले भने, ‘हामीले घटनाको जानकारी पाएलगत्तै सुक्ष्म अनुसन्धान गर्‍यौं र घटनाको दोषीलाई तत्काल पक्राउ गर्न सफल भयौं । अनुसन्धानका क्रममा पक्राउ परेका अभियुक्तले पहिले बलात्कार र त्यसपछि ढुंगा प्रहार र त्रिशूलले रोपेर हत्या गरेको स्वीकारेका छन् ।’

डीएसपी खड्काका अनुसार प्रहरीले घटनास्थलबाट त्रिशूल समेत बरामद् गरेको थियो । राजेन्द्र यसअघि पनि बलात्कार, चोरीलगायत आपराधिक घटनामा मुछिइसकेका व्यक्ति हुन् ।

कसरी भएको थियो घटना ?

असोज ७ गते बुधबार दिउँसो करिब १२ बजे बझाङको मस्टा गाउँपालिका–२ की सम्झना विकले परिवारसँगै बसेर खाना खाएकी थिइन् । खाना खाएपछि सम्झना घरभन्दा करिब आधा घण्टाको पैदल दूरीको गोठमा वस्तुभाउलाई घाँसपानी गर्ने भन्दै गएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी खड्काका अनुसार उनी गोठ नपुग्दै बीच बाटोमै अपहरणमा परिन् ।

डीएसपी खड्काले भने, ‘अपहरण लगत्तै उनलाई नजिकैको मन्दिरमा लगेर बलात्कार गरियो । बलात्कार पछि उनीमाथि ढुंगा प्रहार र त्रिशूलले रोपेर विभत्स हत्या गरियो ।’

सम्झनाको धारिलो हतियारले टाउको र शरीरमा काटेर हत्या गरेको अवस्थामा मन्दिरभित्र शव फेला परेको थियो । प्रहरीले सम्झनाले घरबाट लगेको डोको नाम्लो र हँसिया सिमदेवताको मन्दिर नजिकै फेला पारेको थियो ।

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झनाको घटना घटेको आठ दिनपछि दाहसंस्कार गरिएको छ । प्रहरीले राजेन्द्र बोहरालाई आरोपीका रुपमा सार्वजनिक गरेपछि बल्ल जिल्ला अस्पतालमा राखिएको बालिकाको शव आफन्तले बुझेका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १ : ३७ बजे

विद्यार्थी सङ्गठन खारेजीविरुद्ध सडकमा विद्यार्थी स्वस्ति शान्ति (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र

झन् गिजोलियो दिनेशको आर्थिक लेनदेन, ‘अपुष्ट लिस्ट’को भरमा सेलिब्रेटीको उछितो

काठमाडौं – मिडिया सञ्चालक तथा फिल्म मिडियाको-ओर्डिनेटर स्वर्गीय दिनेश सिटौलाको

खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल

पाटन– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको

वडाले दियो २८ कृषकलाई हाते ट्याक्टर 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडानम्बर-६ का कृषकलाई हाते ट्याक्टर वितरण