मृत्युको २ दिनपछि कोरोना पुष्टि « Khabarhub

मृत्युको २ दिनपछि कोरोना पुष्टि


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको महाभारत गाउँपालिका-२ कुपिन्टारका २८ वर्षीय एक पुरुषमा मृत्युको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ।

ती पुरुषको बुधबार बिहान नै मृत्यु भएको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि खानीखोला गाउँपालिका-३ स्थित एक मेडिकलमा उपचाररत उनलाई असोज १४ गते कैलाश एयरको हेलिकोप्टरमार्फत् धुलिखेल समुदायिक अस्पताल पुर्‍याइएकोमा उपचार गर्न नपाउँदै मृत्युको भएको थियो।

उनका परिवारका सदस्यमा यसअघि कोरोना संक्रमण थिएन। मृतक पनि गाउँमा नै बस्‍दै आएका थिए। धुलिखेल अस्पतालमा मृत्युको भएपछि पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले मृत्युपछि कोरोना पुष्टि भएकाले सम्पर्कमा आएका व्यक्तिको पीसीआर जाँच गरिने बताए।

योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । बुधबार अस्पताल पुर्‍याइएका उनलाई ज्वरो आएको थियो।

छातीको घाउमा इफेक्शन भई कलेजो, फोक्सो र मुटुमा समेत पानी जमेकाले उपचारमा ढिलो भई मृत्यु भएको अस्पतालले जनाएको थियो । अस्पतालले उनको पिसिआर चेक गर्नु पर्ने बताउँदै स्वाब लिएको थियो।

ज्वरो आएपछि उनलाई खानीखोला गाउँपालिका-३ भाङ्टारस्थित मेडिकलमा भर्ना गरिको थियो। तर मेडिकलमा ४ दिन राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गम्भीर रोग हुन सक्ने बताउँदै अस्पताल लैजान भनेको थियो।

उनलाई भाङ्टारबाटै हेलिकप्टरमार्फत अस्पताल लगिए पनि जोगाउन नसकिएको परिवारका सदस्यले बताएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ३ : ३० बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत