रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको शानदार जित | Khabarhub Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको शानदार जित


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् ।यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे ।

घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।

स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र