रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको शानदार जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको शानदार जित


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् ।यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे ।

घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।

स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ४० बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल