२१ दिनपछि खुल्यो सुर्नया गाउँपालिकाको ताला « Khabarhub

२१ दिनपछि खुल्यो सुर्नया गाउँपालिकाको ताला


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- केन्द्रको विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ ।

विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो  ।

जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिइन् । उनले भनिन्, ‘गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सञ्चालन हुने भएका छन् ।’

जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष बिष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र सङ्घर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो ।

तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका बिषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुङ्गो लगाउने सहमतिसहित ताला खुलेको उपाध्यक्ष बिष्टले जानकारी दिइन् ।

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गत असोज २८ गते झडपसमेत भएको थियो । सो झडपमा गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टसहित १४ जना घाइते भएका थिए ।

गाउँपालिकाले पबितामा केन्द्र सार्न लागेको भन्दै स्थानीयवासीहरुले सङ्घर्ष समिति बनाएर गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

असोज २८ गते ताला खोल्ने क्रममा अध्यक्ष बिष्टसहितका व्यक्तिमाथि ढुङ्गा प्रहार भएको थियो । हाल गाउँपालिकाको वडा नं ५ कठेगौडमा गाउँपालिका कार्यालय रहेको छ । उक्त कार्यालय सोही वडाको पबिता सार्ने निर्णय गाउँपालिकाले गत वर्ष नै गरेको थियो ।

स्थानीयवासीहरुले केन्द्रका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले केही निर्णय नगर्न माग गरेका छन् ।

यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पनि भएको सर्वपक्षीय छलफलबाट ताला खोल्ने निष्कर्ष निकालेको थियो ।

सुर्नया गाउँपालिकाका जनप्रतिनिधि, प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्ट, नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति नरेन्द्र थापा, नेकपाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागितामा बसेको बैठकले ताला खोल्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : १८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग