काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाल आइपुगेको छ ।
भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत् राहत सहायता नेपाल पुगेको जानकारी दिएको हो ।
नेपाल आइपुगेका औषधि, फरेन्सिक सामग्री, टेन्ट, सरसफाइका सामग्री र स्लिपिङ ब्याग लगायत ११ टन अत्यावश्यक सामग्री नेपाली पक्षलाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नेपालको पुनरुत्थानमा सहयोग पुर्याउन भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।













प्रतिक्रिया