नेकपाको एकता जोगाउन दोस्रो तहका नेता सक्रिय | Khabarhub Khabarhub

नेकपाको एकता जोगाउन दोस्रो तहका नेता सक्रिय


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवाद अन्त्य भएको ठानिएको डेढ महिना नबित्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता फेरि धरमराएको छ । पार्टी फुटको संघारमा पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्केको मतभेद पार्टी फुटकै तहमा पुग्न लागेपछि नेकपाका दोस्रो तहका नेताहरूले एकता जोगाउने प्रयासमा भन्दै दौडधुप तीव्र पारेका छन् ।

पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल, योगेश भट्टराई, घनश्याम भुसाल लगायत अध्यक्षद्वयबीच सहमति बनाउन लागि परेका छन् ।

दुवै पक्षका यी नेताहरूले नेतृत्वलाई खबरदारी गर्दै आन्तरिक एवं बहुपक्षीय छलफल तीव्र पारेका हुन् । अध्यक्षद्वय ओली र दाहाल पनि आफू निकटका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन् ।

पछिल्लोपटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गरेको भेटपछि नेकपाको विवाद सतहमा आएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीका पछिल्ला गतिविधिबाट असन्तुष्ट दाहालले खुमलटारमा छुट्टै भेला गरेपछि ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् ।

सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरूसँग खुमलटारमा छलफल गरेका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले टेलिफोन गरेरै चेतावनी दिएको भनेर सुनाएका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयवस्तुबारे जानकारी दिन दाहालले आइतबार वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।

दाहालले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । उनले प्रधानमन्त्री ओलीको मनसाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको विषय बाहिरिएसँगै नेकपा विभाजन संघारमा पुगेको ठानिएको छ ।

नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चासमेत खुमलटारको भेलामा भएको एक नेताले बताएका छन् ।

महासचिव विष्णु पौडेलले आइतबार नै सामाजिक सञ्जालमार्फत पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको बताएका थिए । महासचिवको यस्तो अभिव्यक्तिलाई पार्टीमा विवादको चरम सीमा मानिएको छ ।

नेकपामा यसअघि पनि यसैगरी विवाद चर्किएको थियो । भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पुरानो विवाद नदोहोर्‍याउने र चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय विपरीत शीर्ष नेताहरू फेरि आरोप—प्रत्यारोप, विवाद र गुटगत भेलामा लागेका छन् ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ४३ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला