बालिकालाई बन्धक बनाई करणी गरेको आरोपमा भारतीय पक्राउ « Khabarhub

बालिकालाई बन्धक बनाई करणी गरेको आरोपमा भारतीय पक्राउ


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम  पञ्चायत भुतही–५ का  ५१ वर्षीय वीरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले जनकपुरधाममा डेरा गरी बस्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेका थिए ।

साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् । बालिकाकी आमा छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : १८ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय