ओमान प्रवेश गर्नेले अब ७ दिन मात्र क्वारेन्टाइन बसे पुग्ने  « Khabarhub

ओमान प्रवेश गर्नेले अब ७ दिन मात्र क्वारेन्टाइन बसे पुग्ने 


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानले आफ्नो मुलुक प्रवेश गर्नेका लागि क्वारेन्टाइन बस्नु पर्ने न्यूनतम समयावधि घटाएको छ ।

ओमान सरकारले संसोधन गरेको नियमानुसार ओमान पुग्नेले अब सात दिन मात्र क्वारेन्टाइनमा बसे हुने भएको छ ।

त्यहाँको कोरोना भाइरस महामारी सम्बन्धि बनेको सुप्रीम कमिटीका अनुसार विदेशबाट ओमान आउने व्यक्तिले प्रवेशको समय भन्दा ९६ घण्टाअघिको पीसीआर नेगेटिभ भएको प्रमाण पत्र देखाउनु पर्नेछ ।

त्यहाँ पुगेपछि उनीहरूले सात दिन क्वारेन्टाइनमा बसिसकेपछि ८औँ दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ ।

यसअघि ओमान प्रवेश गर्ने सबैले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान थियो ।

ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख  १५ हजार ७३४ पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ५० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय