बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।

उनलाई गत अप्रिल महिनामै कोरोनाभाइरस सङ्क्रमण भएको ब्रिटिश राजदरबारका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अप्रिलमा बुवा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएताका नै उनलाई पनि सङ्क्रमण भएको जनाइएको छ ।

३८ वर्षीय विलियमले सर्वसाधारणमा अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक जानकारी नदिएको हुन सक्ने वेलायती सञ्चार माध्यमहरूले जनाएका छन्।

राजकुमार विलियमको निवास तथा कार्यालय रहेको केन्सिङ्टन दरबारले भने अहिलेसम्म यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १२ : १९ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय