बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।

उनलाई गत अप्रिल महिनामै कोरोनाभाइरस सङ्क्रमण भएको ब्रिटिश राजदरबारका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अप्रिलमा बुवा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएताका नै उनलाई पनि सङ्क्रमण भएको जनाइएको छ ।

३८ वर्षीय विलियमले सर्वसाधारणमा अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक जानकारी नदिएको हुन सक्ने वेलायती सञ्चार माध्यमहरूले जनाएका छन्।

राजकुमार विलियमको निवास तथा कार्यालय रहेको केन्सिङ्टन दरबारले भने अहिलेसम्म यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १२ : १९ बजे

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि