बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३३ « Khabarhub

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३३


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।

पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १ : ०९ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड