भारतमा ७ विद्यार्थी भागेपछि नेपाली शिक्षकले आफू दोषी भन्दै गरे आत्महत्या « Khabarhub

भारतमा ७ विद्यार्थी भागेपछि नेपाली शिक्षकले आफू दोषी भन्दै गरे आत्महत्या


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुलले आफ्ना बरिष्ठ शिक्षकमाथि कुटपिटको आरोप लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आत्महत्या गरेका छन् ।

भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकाडेमीबाट ७ जना विद्यार्थीहरु भागेपछि २५ वर्षका ती नेपाली शिक्षकले आफूलाई सो घटनाको दोषी भन्दै आत्महत्या गरेका हुन् ।

ती शिक्षकको सुसाइड नोटको आधारमा पुलिसले अनुसन्धान अगाडि बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

केही दिनअघि यो विद्यालयका ७ जना विद्यार्थीहरु आफ्नो घर नेपाल आउनका लागि विद्यालयबाट भागेका थिए । ती विद्यार्थीहरुले सामाजिक संजालमा एउटा भिडियो लाइभ गरेर आफूहरुले चाडपर्वको बेलामा घर जान भन्दै विदा माग्दा बरिष्ठ शिक्षकले कुटपिट गरेको आरोप लगाएका थिए ।

आत्महत्या गर्ने शिक्षकले विद्यार्थीहरुले यसरी शिक्षकमाथि आरोप लगाउने स्थिति आउनुमा आफू जिम्मेवार भएको सुसाइड नोटमा उल्लेख गरेको समाचारमा जनाइएको छ । यस विषयमा भारतस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइएको बताइएको छ ।

पुलिसले विद्यार्थीहरुले भिडियोमा गरेको दावीको पनि जाँच गरिरहेको छ । अक्टोबर २७ र २८ मा ७ जना नेपाली विद्यार्थीहरु बनबासासम्मको लागि ट्याक्सी लिएर स्कुलबाट भागेका थिए । तीमध्ये ४ जना आफ्नो घर जान सफल भए तर अरु ३ जनालाई भने बनबासा चेक प्वाइन्टमै रोकियो र फेरि स्कुलमै फिर्ता ल्याइयो ।

बनबासामा ती तीन जना विद्यार्थीलाई लिन गएका शिक्षकहरुमध्ये मृतक शिक्षक पनि एक थिए । शनिबार ती तीन जना भागेका विद्यार्थीहरुलाई लिएर स्कुलमा फर्केसँगै ती शिक्षकले आफूलाई एक कोठामा बन्द गरेर झुण्डिएको बताइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : ०७ बजे

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन