रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान « Khabarhub

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर प्रदान गरेको छ । साथै, पालिकाले डेस्क–बेन्च पनि वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने र विद्यालयले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए ।

सामुदायिक विद्यालयहरुलाई नियमित रुपमा पालिकाले आवश्यकताअनुसार सहयोग गरिरहेको जानकारी दिँदै उनले शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्नेमा जोड दिए ।

पालिकाले विद्यालयका निम्ति खानेपानी, फर्निचर तथा खेलकुद सामग्रीलगायत आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्दै शिक्षण एवं सिकाइलाई प्रभावकारी बनाउने प्रयत्न गरिरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ८ : ५२ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई