दुर्घटनामा थप एकसहित दुईको मृत्यु « Khabarhub

दुर्घटनामा थप एकसहित दुईको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२१च ६३९ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको सिटीरिक्सा एकापसमा ठोकिएको थियो ।

यसअघि हिजोमात्रै सोही दुर्घटनामा परी हनुमाननगर कङ्कालनी नगरपालिका– १ भारदहका ७० वर्षीय बद्री मुखियाको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मुखियाको भारदहस्थित अस्पतालमा उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो ।

त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका छ जनामध्ये तीन जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य तीन जनाको भारदहस्थित भारदह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : ५१ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय