पार्टी विभाजनको दुर्भाग्य निम्तिन लाग्यो : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

पार्टी विभाजनको दुर्भाग्य निम्तिन लाग्यो : उपप्रधानमन्त्री पोखरेल


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्।

नेपाल कम्युनिस्ट पाटी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेका बेला नेता पोखरेलले पनि आफ्नो अभिमत सामाजिक सञ्जालबाट व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’

उनले एकताकाबेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।

उनले यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनेर खवरदारी गर्दै  व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाउन आग्रह गरेका छन् ।

पार्टी सचिवालय सदस्यसमेत रहेका पोखरेलले एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहको आवद्धताका आधारमा समिकरण बनाएर पार्टी भित्र खेल्न खोजिएको आरोप समेत लगाएका छन्।

नेताहरुले पार्टीभित्र खेल्न खोज्दा पार्टी विभाजनको नजिक पुगेको उनको तर्क छ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ४ : १० बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो