पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली नगरपालिका ११ निवासी ८० वर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।

कात्तिक १२ गते चितवनस्थित सीएमसीमा भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो ।

आईसीयू राखिएका उनको आइतबार राती १०ः४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

मृतक पुरुषको अहिले बिहान देवघाट धाममा नेपाली सेनाले शव ब्यवस्थापन गर्ने तयारी गरेको पनि श्रेष्ठले जानकारी दिए ।

योसहित पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमण पुष्टी भएका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए ।

जिल्लामा कुल १ हजार ७ सय २३ जनालाई संक्रमण पुष्टी भएकामा १ हजार २ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् । अब ४ सय ८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ४५ बजे

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट