काठमाडौँका कुन कुन ठाउँमा हुँदैछ भोलि विद्युत सेवा अवरुद्ध ? | Khabarhub Khabarhub

काठमाडौँका कुन कुन ठाउँमा हुँदैछ भोलि विद्युत सेवा अवरुद्ध ?


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मंगलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ ।

प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा तोकिएको काम सकिए त्यस भन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : २६ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार