अब महासंघभित्रको राजनीतिक विकृति हटाउँछौं : वरिष्ठ उपाध्यक्ष गोल्छा « Khabarhub

अब महासंघभित्रको राजनीतिक विकृति हटाउँछौं : वरिष्ठ उपाध्यक्ष गोल्छा


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्रको राजनीतिक विकृति हटाउनुपर्ने बताएका छन् ।

महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएकोतर्फ इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्नुपर्ने बताए ।

महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई आफूले रोजेको स्पस्ट पारे ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने  विश्वास व्यक्त गरे ।

‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ। राजनीतिको क्यान्सर। अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ। जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ’, उनले भने, ‘अरु कोही व्यक्ति जो निर्वाचित छैनन उनीहरुको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिदैनौँ। किन भने यो सबै विकृति हो भन्ने मलाई लाग्छ।’

सबै पूर्व अध्यक्षहरूसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाले बताए ।

निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफूले नेतृत्व गर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ३० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको