महानगरले भन्यो : अब सडकमा खाना नखुवाउनू, बेइज्जत भयो ! « Khabarhub

महानगरले भन्यो : अब सडकमा खाना नखुवाउनू, बेइज्जत भयो !


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ ।

सोमबार काठमाडौं नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई फोन गरेर अबदेखि सडकमा खाना नखुवाउन आदेश दिएको अभियन्ता दिपेश धुन्जुले बताए ।

नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले फोन गरेरै ‘माथिबाट आदेश भन्दै सडकमा खाना नखुवाउनु’ भनेको अभियन्ता धुन्जुले बताए ।

अर्का अभियन्ता बिमल पन्तले यस विषयमा महानगरमा बुझ्दा एक कर्मचारीले ‘सडकमा खाना खुवाउँदा बेइज्जत भयो’ भोलि (मंगलबार)बाट सडकमा खाना नखुवाउनु भन्ने जवाफ दिएको बताए ।

ति कर्मचारीले सडकमा भोलिबाट खाना नखुवाउनु, खुवाउनु परे आफ्नो घरमा लगेर खुवाउनु भन्ने रुखो जवाफ दिएको बताउँदै बिमलले खबरहबसँग भने, ‘हामी पछि हट्दैनौं जसरी पनि भोलि त्यही ठाउँमा खाना खुवाउँछौं, होइन भने हामीलाई खाना खुवाउने ठाउँ तोकिदिनुपर्‍यो ।’

अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चम लगायतका विभिन्न ठाउँमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई  निशुल्क खान वितरण गर्दै आएका छन् ।

केही दिनदेखि महानगरले नगर प्रहरी नै पठाएर खाना वितरण गर्न रोक लगाउने गरेको अभियन्ताहरुको भनाइ छ  ।

चैत्र १४ बाट हन्ड्रेड ग्रुपले महालक्ष्मीथान, पशुपति, खुल्लामञ्च लगायत झन्डै दर्जन मठमन्दिरमा उनीहरुले निःशुल्क खाना खुवाइरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ५६ बजे

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो