पाल्पा र स्याङ्जाका दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाल्पा र स्याङ्जाका दुई कोरोना संक्रमितको मृत्यु


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पा र स्याङजाका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ गते अस्पताल भर्ना भएका थिए ।

मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : २७ बजे

यो ‘ग्लोबल क्राइसिस’ हो इन्ट्रेस्ट रेड सबैतिर बढेको छ’

नेपाली उद्यमी व्यावसायीहरु आर्थिक मन्दीलगायत बैङ्किङ समस्याबाट पीडित छन् ।

झापा र पर्साबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौँ- झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस, अब मन्त्रिपरिषद्‍ले निर्णय गर्ने

काठमाडौँ – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त

अझै पक्राउ परेनन् सांसद महतो 

महोत्तरी –  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

नेपालगञ्ज – बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी