नेकपा सचिवालय बैठक एक घण्टा पछाडि सारियो « Khabarhub

नेकपा सचिवालय बैठक एक घण्टा पछाडि सारियो


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक एक घण्टा पछाडि सारिएको छ । बालुवाटारमा आज दिउँसो १ बजेलाई बोलाइएको बैठक २ बजेलाई सारिएको हो ।

केही समयदेखि चर्किएको नेकपाभित्रको विवाद अध्यक्षद्वयको प्रस्तावपछि थप चर्किएको छ ।

मंगलवारको बैठकमा ओलीले प्रचण्डको प्रस्तावमा छलफल नै हुन नसक्ने भन्दै सचिवालय बैठकमा नआउने बताएका थिए । प्रचण्ड–नेपाल पक्षले पनि पार्टीको औपचारिक बैठकको बेवास्ता नगर्न चेतावनी दिएका थिए ।

सचिवालयमा आफू अल्पमतमा परेपछि ओलीले पटकपटक बैठक टार्ने र लम्ब्याउने गर्दै आएका छन् ।

हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल पनि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको बताएका एक नेताले भने ।

ओलीले बैठक रोकेर सहमति खोज्नुपर्छ भनेपछि दुई अध्यक्षबीच भनाभन !

प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार लगत्तै बैठक राख्ने हो भने उपस्थित हुन भ्याउन्न भनेर प्रधानमन्त्रीले भनिसकेको बताए ।

मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १ : १३ बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ