कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति « Khabarhub

कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतले फाइजर र बायोटेकले उत्पादन गरेको कोरोना भाइरससविरुद्धको भ्याक्सिन (खोप) प्रयोगका लागि अनुमोदन गरेको छ । बेलायतले सबै जनताका लागि खोप प्रयोगको अनुमोदन गरेको हो ।

योसँगै बेलायत सबैका लागि खोप प्रयोगको अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ ।

बीबीसीले जनाएअनुसार यो खोप ९५ प्रतिशतसम्म सुरक्षित छ । र, यो खोप आगामी हप्तादेखि नै उच्च प्राथमिकतामा परेका व्यक्तिहरूलाई लगाउन थालिनेछ ।

बेलायतले यो खोपको चार करोड डोज मगाइसकेको छ । कम्पनीले जोखिममा परेका संक्रमितका लागि शुरुमा १ करोड खोप उपलब्ध गराउने र केही दिनमा थप डोज दिनेछ ।

फाइजर र वायोटेकले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेका छन् । खोप विकास भए पनि विश्वभर पुग्न समय लाग्ने भएकाले विशेषज्ञहरूले कोरोना भाइरसबाट जोगिन उचित ख्याल गर्न आग्रह गरेका छन् ।

यो खोपको प्रयोगसँगै मानिसहरू रोगसँग लड्न सक्ने दाबी गरिएको छ । यो खोपलाई माइनस ७० डिग्री तापक्रममा भण्डारण गरेर राख्नुपर्ने हुन्छ । खोप राख्न तयार पारिएका विशेष बाकसहरूमा यसलाई ५ दिनसम्म राख्न सकिन्छ । अति चिसो चापक्रममा राख्नुपर्ने भएकाले विकाशोन्मुख राष्ट्रमा यसको भण्डारणमा समस्या पर्ने आँकलन गरिएको छ ।

शुरुमा यो खोप बेलायतमा फ्रन्टलाइनमा काम गरिरहेका व्यक्ति, उच्च हेरचाह गर्नुपर्ने कर्मचारी, सामाजिक हेरचाहकर्मी तथा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई दिइनेछ ।

यो खोप सन् २०२१ को सुरुवातसम्म सबैलाई पुर्‍याउन लक्ष्य लिइएको छ । यो दुई डोजमा इन्जेक्सनको रूपमा दिइन्छ । २१ दिनको फरकमा दोस्रो खुराक दिइन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : १६ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा