कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति « Khabarhub

कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतले फाइजर र बायोटेकले उत्पादन गरेको कोरोना भाइरससविरुद्धको भ्याक्सिन (खोप) प्रयोगका लागि अनुमोदन गरेको छ । बेलायतले सबै जनताका लागि खोप प्रयोगको अनुमोदन गरेको हो ।

योसँगै बेलायत सबैका लागि खोप प्रयोगको अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ ।

बीबीसीले जनाएअनुसार यो खोप ९५ प्रतिशतसम्म सुरक्षित छ । र, यो खोप आगामी हप्तादेखि नै उच्च प्राथमिकतामा परेका व्यक्तिहरूलाई लगाउन थालिनेछ ।

बेलायतले यो खोपको चार करोड डोज मगाइसकेको छ । कम्पनीले जोखिममा परेका संक्रमितका लागि शुरुमा १ करोड खोप उपलब्ध गराउने र केही दिनमा थप डोज दिनेछ ।

फाइजर र वायोटेकले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेका छन् । खोप विकास भए पनि विश्वभर पुग्न समय लाग्ने भएकाले विशेषज्ञहरूले कोरोना भाइरसबाट जोगिन उचित ख्याल गर्न आग्रह गरेका छन् ।

यो खोपको प्रयोगसँगै मानिसहरू रोगसँग लड्न सक्ने दाबी गरिएको छ । यो खोपलाई माइनस ७० डिग्री तापक्रममा भण्डारण गरेर राख्नुपर्ने हुन्छ । खोप राख्न तयार पारिएका विशेष बाकसहरूमा यसलाई ५ दिनसम्म राख्न सकिन्छ । अति चिसो चापक्रममा राख्नुपर्ने भएकाले विकाशोन्मुख राष्ट्रमा यसको भण्डारणमा समस्या पर्ने आँकलन गरिएको छ ।

शुरुमा यो खोप बेलायतमा फ्रन्टलाइनमा काम गरिरहेका व्यक्ति, उच्च हेरचाह गर्नुपर्ने कर्मचारी, सामाजिक हेरचाहकर्मी तथा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई दिइनेछ ।

यो खोप सन् २०२१ को सुरुवातसम्म सबैलाई पुर्‍याउन लक्ष्य लिइएको छ । यो दुई डोजमा इन्जेक्सनको रूपमा दिइन्छ । २१ दिनको फरकमा दोस्रो खुराक दिइन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : १६ बजे

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

अत्तरिया– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह