चितनव राष्ट्रिय निकुञ्जमा साउनयता तीन हात्ती मरे « Khabarhub

चितनव राष्ट्रिय निकुञ्जमा साउनयता तीन हात्ती मरे


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार दीपेन्द्र गज, विक्रमप्रसाद र सुन्दरमाला मरेका हुन् । दीपेन्द्र क्षयरोगका कारण मरेको आशङ्का गरिएको छ । विक्रमप्रसाद बामपुड्के रहेको थियो ।

उसको उमेर पुगेर मरेको डा श्रेष्ठले जानकारी दिए । उनले भने, “बामपुड्के जनावरको आयु अन्यको जस्तो हुँदैन ।” त्यस्तै सुन्दरमाला बूढो भएर मरेको उनले जानकारी दिए । सुनदरमालाको उमेर ७५ वर्ष रहेको थियो ।

दीपेन्द्र र सुन्दरमाला सौराहामा रहेका थिए भने विक्रमप्रसाद बेलशहर पोष्टमा रहेको थियो । सुन्दरमाला पोथी हो भने दीपेन्द्र र विक्रम भाले हात्ती हुन् । निकुञ्जका हात्तीमा क्षयरोगको आशङ्का गरिएसँगै नमूना सङ्कलन गरेर परीक्षणका लागि राखिएको छ । हाल निकुञ्जमा ५९ वटा हात्ती रहेका छन् ।

हात्तीसँगै निकुञ्जमा यसै अवधिमा ५१ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार मरेका वन्यजन्तुमा सबैभन्दा धेरै गैँडा छन् । चालु आवमा मात्रै १७ वटा गैँडा मरेका छन् । जसमा चार वटा चोरी शिकारीबाट मरेका हुन् भने १३ वटा प्राकृतिक कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले संरक्षणका लागि गम्भीरतापूर्वक अध्ययन थालेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा तीन सदस्यीय टोलीले गैँडाको मृत्युको कारणको अध्ययन थालेको छ ।

त्यसैगरी सो अवधिमा १६ वटा चित्तल मरेका छन् । तीमध्ये ११ वटा कुकुरको आक्रमणबाट तथा छ वटा मेसजालीमा अड्किएर र बच्चा जन्माउन नसकेर मरेका हुन् । चितुवाको आक्रमणबाट पाँच वटा बँदेल मरेका छन् । त्यस्तै यसै अवधिमा दुई वटा चितुवा, दुई वटा रतुवा, एउटा जरायो, एउटा लगुना, एउटा दुम्सी, एउटा बाँदर र एउटा कछुवा मरेका छन् ।

यिनीहरुमध्ये केही सडक दुर्घटना, वन्यजन्तुको आक्रमण, चोटपटक लागेर, निकुञ्जको तारमा अल्झेर तथा केही उपचारका क्रममा मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सवारी दुर्घटना र अन्य जनावरको आक्रमणबाट वन्यजन्तु मर्ने गरेकाले संरक्षणका लागि काँडेतार तथा मेसजाली लगाइएको बताए ।

कतिपय वन्यजन्तु निकुञ्जकै मेसजालीमा ठोक्किएर मर्ने गरेको हुँदा ती जालीलाई पनि व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए। वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आसपासका बस्तीमा विशेष निगरानीसमेत बढाएको उनले बताए । निकुञ्जका पोष्टमा खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र मध्यवर्तीका बासिन्दा सबै वन र वन्यजन्तुको सुरक्षामा लागि परेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ३२ बजे

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १