४२९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

४२९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशर ४२९ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६४ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४४ रहेको छ भने ३४ जना भेन्टिलेटरमा छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा ७२ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश २ मा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी सुदुरपश्चिममा ७ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा ९४ आईसीयूमा र १२ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ९ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ५ : ३० बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।