कांग्रेस वरिष्ठ नेता पौडेलमाथिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : सभापति देउवा « Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेलमाथिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : सभापति देउवा


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावादको संकेत भएको बताएका छन् ।

सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।’

देउवाले सरकारको कामको भर्त्सना गर्दै तत्काल पौडेललाई रिहा गर्न माग समेत गरेका छन् । देउवाले रिहा नगरे उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनी समेत दिएका छन् ।

देउवाले जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ,‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ५ : ०४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच