एमसीसी सहयोग लिन राजनीतिक दल विभाजित हुनुहुँदैन : उपेन्द्र यादव « Khabarhub

एमसीसी सहयोग लिन राजनीतिक दल विभाजित हुनुहुँदैन : उपेन्द्र यादव


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फरक मत नराखी अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग लिनु पर्ने बताएका छन् ।

खबरसँग कुराकानी गर्दै उनले नेपालको विकासका लागि आउन लागेको अनुदान सहयोगमा राजनीतिक दल विभाजित हुन नहुने बताए ।

उनले भने, ‘यो अनुदान सहयोग हो । विकाससँग जोडिएको र नेपालको हीतका लागि आउने सहयोग भएकाले यसमा विभाजन किन ?’ अध्यक्ष यादवले एमसीसी जसरी पनि संसदबाट अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।

‘सरकार यो वा त्यो भन्ने हाम्रो आन्तरिक विषय हो । तर बाह्‍य देशसँगको सम्वन्ध र विकासको सवालमा ख्याल ठट्टा गर्नु हुदैन । यस्ता विषयमा सबैको एक मत चाहिन्छ ।’

समाजवादी पार्टी एमसीसी अन्तर्गतको अनुदान सहयोग चाडो भन्दा चाडो संसदवाट अनुमोदनको पक्षमा रहेको उनले बताए । यो सम्झौता दुई देशबीचको सम्बन्धको कुरा रहेकाले सबै गम्भीर हुनुपर्ने यादवको जोड छ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ९ : ५९ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक