एमसीसी सहयोग लिन राजनीतिक दल विभाजित हुनुहुँदैन : उपेन्द्र यादव « Khabarhub

एमसीसी सहयोग लिन राजनीतिक दल विभाजित हुनुहुँदैन : उपेन्द्र यादव


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फरक मत नराखी अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग लिनु पर्ने बताएका छन् ।

खबरसँग कुराकानी गर्दै उनले नेपालको विकासका लागि आउन लागेको अनुदान सहयोगमा राजनीतिक दल विभाजित हुन नहुने बताए ।

उनले भने, ‘यो अनुदान सहयोग हो । विकाससँग जोडिएको र नेपालको हीतका लागि आउने सहयोग भएकाले यसमा विभाजन किन ?’ अध्यक्ष यादवले एमसीसी जसरी पनि संसदबाट अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।

‘सरकार यो वा त्यो भन्ने हाम्रो आन्तरिक विषय हो । तर बाह्‍य देशसँगको सम्वन्ध र विकासको सवालमा ख्याल ठट्टा गर्नु हुदैन । यस्ता विषयमा सबैको एक मत चाहिन्छ ।’

समाजवादी पार्टी एमसीसी अन्तर्गतको अनुदान सहयोग चाडो भन्दा चाडो संसदवाट अनुमोदनको पक्षमा रहेको उनले बताए । यो सम्झौता दुई देशबीचको सम्बन्धको कुरा रहेकाले सबै गम्भीर हुनुपर्ने यादवको जोड छ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ९ : ५९ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,