अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए | Khabarhub Khabarhub

अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सैनिकले हवाई हमला गरी इरानी शक्तिशाली कुर्द फोर्स प्रमुख जनरल कसेम सोलेमानीलाई मारिदिएको छ ।

इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी हवाई हमलामा सोलेमानी मारिएका हुन् ।

त्यस्तै हमलामा इरानी समर्थक कटइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् ।

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सोलेमानीको हातमा थियो।

सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ ।

जनरल सोलेमानीले सिरियामा बसार अल-असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका थिए ।

इरानको लागि सोलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनको क्विड दस्ता सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा रहेको छ ।

उनले सन् १९८० को दशकमा भएको इरान-इराक युद्धमा लडेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : ४८ बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर