निन्द्रा लाग्दैन ? क्यान्सर पनि हुन सक्छ « Khabarhub

निन्द्रा लाग्दैन ? क्यान्सर पनि हुन सक्छ


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक जीवका लागि निन्द्रा आवश्यक छ । निन्द्राले जीवको थकान कम गर्ने र शरीरमा उर्जा बढाउने काम गर्दछ । तर मानवमात्र यस्तो प्राणी हो, जो जानाजान आफ्नो निन्द्राको समय घटाएर आफ्नो उद्देश्यहरु पूरा गन लागिपर्छ । कतिपयमा त निन्द्रा नलाग्ने समस्या भएका कारण निदाउनका लागी औषधिको सेवन गर्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य र दीर्घायू जीवनको लागि वयस्क मानिस ७ देखि ८ घन्टा सुत्नु अनिवार्य छ । उमेर अनुसार निन्द्राको समय घटबढ हुने गर्दछ । तर व्यस्तताका कारणले होस् वा मानसिक तनाव र चिन्ताले वा प्रविधिको विकाशसंगै भित्रिएका स्मार्ट फोन, ल्यापटप चलाउन बानीले मानिसहरु आफ्नो निन्द्रा पुरा गर्दैनन् ।

दैनिक ५ घन्टाभन्दा कम सुत्ने मानिसमा मधुमेह, उच्च रक्तचाप, हृदयघातको खतरा, मानसिक रोग, डिप्रेसन र मोटोपना जस्ता समस्या हुने गर्दछ । दैनिक रातमा ४ घन्टाभन्दा कम सुत्नेहरुमा क्यान्सर रोगको जोखिम समेत हुने गर्दछ ।

यतिमात्र होइन राति निन्द्रा नलाग्नेहरुमा आत्महत्याको विचार आउनेसम्मको अवस्था आउ“छ । तर निन्द्रा पर्याप्त पुगेमा राम्रोसंग पाचन प्रकृया चल्ने, शरीरबाट अनावश्यक तत्व बाहिर फ्याक्ने, हर्मोन उत्पादन गर्ने र रोगसंग लड्ने क्षमतामा वृद्धि समेत गर्दछ ।

गहिरो निन्द्रा लाग्नु, सपना देख्नु दुबै शरीरका लागी फाइदाजनक छ । यसले मस्तिष्क र शरीरलाई रिचार्ज गर्छ । स्मरण शक्तिलाई बलियो बनाउ“छ ।

रोगसंग लड्ने क्षमता बढाउ“छ र ध्यानलाई सहज बनाउ“छ । त्यसैले दैनिक ७ घण्टाभन्दा बढि सुत्नु अनिवार्य छ । त्यसैले निन्द्रालाई बढी प्राथमिकता दिनुस् । आनन्दले सुत्नुहोस् ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : ५६ बजे

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न

काठमाडौं– आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । श्रम,

प्रदीप पौडेलको प्रष्टिकरण : क्रियाशील सदस्यता डिजिटल बनाउँछौँ, पुरानो खारेज गर्न खोजिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक

खुकुरी टी-२० क्रिकेट : वैशाख ८ गतेदेखि भैरहवामा हुँदै

देवदह– रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि

धुम्बाराहीमा देउवा समूहको निष्कर्ष : कांग्रेस एकता जोगाउन सानेपाले नै नेतृत्वदायी भूमिका खेलोस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव